विराज भट्टको नयाँ फिल्म ‘साङ्लो’मा नायिका तय भएकी छिन्। यस फिल्ममा विराजको जोडी बनेर मिस नेपाल २०१७ विजेता निकिता चन्दक देखिँदै छिन्। शुक्रबार साझ विराज भट्ट र निकिता बीच औपचारिक लिखित सम्झौता भएको छ।
यसअघि निकिताले फिल्म ‘रानीमहल’मा काम गरेकी थिइन्। तर, उक्त फिल्मको आधा छायांकन नसकिँदै रोकिएको छ। लामो समय छायांकन रोकिए पछि निकिताले उक्त फिल्म छोडेको समेत बताएकी छिन्।
विराज निर्देशनमा बन्ने यस फिल्मलाई विराजले नै निर्माण गर्न लागेका हुन्। फिल्मको कथा समेत विराजको नै रहेको छ। चैतको पहिलो साताबाट छायांकनमा जाने यस फिल्मको हाल प्रि-प्रोडक्सनको काम भइरहेको छ।