अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको फिल्म ‘कप्स’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । सम्राट सापकोटा निर्देशित यस फिल्म चैत ८ गतेबाट रिलिज हुने पक्का भएको छ ।
एक सच्चा प्रहरीको कथामा निर्माण भएको यस फिल्ममा अनुप विक्रम डिएसपी बनेका छन् । यसै फिल्मबाट सन्दिपा लिम्बुले नायिकाको रुपमा डेब्यु गर्न लागेकी छिन् ।
फिल्ममा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु बिक्रम थापा, अनुपमा भण्डारी, रोशन सुबेदी लगायतलाई पनि चलचित्रमा देख्न सकिन्छ ।
‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता राम शाक्य हुन् । एक्सन लभ स्टोरी भनिएको यस फिल्ममा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको द्वन्द्व, कविराज गहतराज र शिशिर खातीको नृत्य, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत रहेको छ ।