माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रणवीर’को रोमान्टिक गीत ‘मायामा’ सार्वजनिक गरिएको छ। पोखरा तथा आसपासका मनोरम दृश्यमा छायांकन गरिएको गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन्।
गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ। गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन्। गीतलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन्।
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशक रहेको फिल्ममा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ। फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ।
‘प्राची फिल्मस्’ र ‘डिआर फिल्म’को ब्यानरमा निर्माण भएको फिल्ममा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त लगानी रहेको छ। फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहको छ।