हाल फिल्म ‘गीत गजल’को छायांकन चलिरहेको छ। यस्तैमा एक गीतको छायांकनको लागि निर्माण युनिट गोवामा पुगेको छ। त्यहाँ रुप पोखरेल र आरोही सिंहको रोमान्स खिचिएको छ।
निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा फिल्मको गीत खिचिएको बताए। ‘गीत गजल’ निर्देशक चन्दको दोस्रो निर्देशकीय फिल्म हो। यस गीतको भिडियोमा निर्देशक कै करियोग्राफी रहेको छ।
छायांकनरत उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने सुरेश लामा र अन्जु पन्तले उक्त गीतमा स्वर दिएका छन् ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई आरोहण क्षेत्रीले निर्माण गरेको हुन्। फिल्ममा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ।
अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ।