‘बाहुबली’ जस्तो सफल फिल्म निर्देशन गरेर संसारभर परिचित बनेका निर्देशक एसएस राजमौली हाल नयाँ फिल्मको निर्देशनको तयारीमा छन्। उनले निर्देशन गर्ने नयाँ फिल्मको नाम ‘आर आर आर’ राखिएको छ।
यस फिल्मका लागि कलाकारमा राम चरण र जुनियर एनटीआर फाइनल भएका छन् भने नायिकाको छनोट हुन बाकीँ छ। यस फिल्मका लागि नायिका परिणिती चोपडासँग पनि कुरा पुगेको खबर भारतिय मिडियामा आएको थिए। तर, अहिले यस चलचित्रको लागि नायिका आलिया भट्टसँग कुरा भइरहेको समचार बाहिरिएको छ।
आलियाको सहयोगी र उनको ‘गड फादर’ करण जोहरमार्फत् आलियालाई ‘आर आर आर’को अफर पुगेको हो। यद्धपी उनीहरु बीच कुनै सम्झौता भएको छैन्।
३०० करोड लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई हैदरवादमा खिचिनेछ। फिल्मको छायांकनका लागि त्यहाँ निकै भव्य सेट समेत तयार गरिएको छ।