सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा’को टिजर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।
टिजरमा मुख्य कलाकर सलिनसंगै मल्लिका महत, सलोन बस्नेतलाई पनि फिचर गरिएको छ। टिजरमा सलिन र मल्लिकाको प्रेम संगै सलोनसंगको द्वन्द्व पनि देखाइएको छ।
चैत २९ गतेबाट रिलिज हुने यस फिल्ममा रेयर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत, विशाल कटुवाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
सम्राट शाक्यको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा सुशिल पोख्रेलको लगानी छ। फिल्ममा विक्रम पराजुली, रामशरण घिमिरे, मुक्ति तिमिल्सिना सह–निर्माताका रुपमा रहेको छन् भने कार्यकारी निर्माताको रुपमा केशव भट्टराइ र चिज कुमार श्रेष्ठ रहेका छन्। संजय लामाले खिचेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन्।