वरिष्ठ कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ। शुक्रवार बिहान टिचिङ अस्पतालमा उनको निधन भएको हो। आज्माको रोगी बीएसको उपचारको क्रममा निधन भएको हो।
बीएस राणाको शुक्रवार साझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ। नरेन्द्रशम्सेर जबरा र राजकुमारी देवीको जेष्ठ सुपुत्रको रूपमा काठमाडौंमा जन्मिएका उनलाई कुनै बेला नेपाली सेक्सपियर नामले चिनिने गरिन्थ्यो।
फिल्म ‘अन्याय’ बाट रजतपटको अभिनय यात्राराम्भ गरेका राणाले ‘कोसेली’, ‘चिनो’, ‘दक्षिणा’, ‘दुई थोपा आँशु’, ‘नेपाली बाबु’, ‘करोडपति’, ‘अपराध’, ‘माया त माया हो’, ‘वसन्ती’, ‘देश’, ‘कसले चोर्यो मेरो मन’, ‘सेतो बाघ’ लगायतका फिल्ममा आफ्नो निख्खर अभिनय कौशल देखाएका थिए।
                                                                                               






