अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ट्रेलरले युट्युबमा नयाँ रेकर्ड राखेको छ। ‘क्याप्टेन’को ट्रेलरलाई युटुवमा २४ घण्टामा ८ लाख भन्दा बढीले हेरिएकाले त्यो नयाँ रेकर्ड बनेको हो। एक दिनमा यति धेरै पटक कुनै नेपाली फिल्मको ट्रेलर हेरिएको थिएन।
यसअघि ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा ३’ को ट्रेलरलाई रिलिजको २४ घण्टामा करिब ७ लाख पटक हेरिएको थियो । यस्तै अनमोलकै ‘कृ’, र सलिनमान बनियाँ तथा साम्राज्ञीराज्य लक्ष्मी शाहको ‘ए मेरो हजुर २’ र ‘दुई रुपैयाँ’ को ट्रेलरलाई एक दिनमा ५ लाख भन्दा बढी पटक युटुवमा हेरिएको थियो।
७ हजार भन्दा बढी प्रतिक्रिया पाएको क्याप्टेन ट्रेलरले लाइक मात्रै ४३ हजार पाएको छ। प्रतिक्रियामा दर्शकले ट्रेलर राम्रो भएको बताएका छन्।
फगुन १७ गतेबाट रिलिज हुने यस फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन्। भुवन केसीले निर्माण गरेको यस फिल्ममा अनमोलसंगै सरोज खनाल, सुनिल थापा, प्रशान्त ताम्राकार, राजाराम पोखरेल लगायतको अभिनय रहेको छ। यसै फिल्मबाट उपसना सिंह र प्रियंका एमबीले फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्।
ट्रेलर :