फिल्म ‘सरौतो’ निर्माण हुने भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
हरी हुमागाईको निर्देशनमा बन्ने यस फिल्ममा सुमि मोक्तान र सन्नी सिंह मुख्य भूमिकामा रहेका छन्। श्री महर्जनले निर्माण गर्ने यस फिल्ममा विजय लामा, युवराज लामा, अमिर गौतम, लियो ट्याङ, अरुणा कार्की, लगायतको अभिनय रहनेछ। फिल्ममा राजनराज सिवाकोटी, कोशिस क्षेत्री र कमल खत्रीले संगीत दिनेछन्।
फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व रहने छ भने वितरणको जिम्मा गोपालकाजी कायस्थले लिएका छन्। माघ २२ बाट छायांकनमा जाने यस फिल्मलाई काठमाडौं र बारामा खिचिने बताइएको छ।