बलिउडमा अहिले बायोपिक फिल्म निर्माणको लहर चलिरहेको छ। हालै नायिका प्रियंका चोपडाले पनि एक बायोपिक फिल्म निर्माण गर्ने घोषणा गरेकी छिन्।
‘नेटफ्लिक्स’मा प्रशारण भइरहेको ‘वाइल्ड वाइल्ड कन्ट्री’ कार्यक्रमका विवादित अध्यत्मिक गुरु रजनिश ओशोको शिष्य प्रेमिका माँ आनन्द शिलाको जीवनीमा आधारित रहेर फिल्म निर्माण गर्न लागेको प्रियंकाले बताएकी छिन्।
निकै चर्चित बनिरहेकी माँ आनन्द शिलाबाट प्रेरित भएर उनले यस बायोपिक फिल्म निर्माण गर्न लागेको बताएकी हुन्। प्रियंकाले एलेन डिजेनेरेसको टक शो कार्यक्रममा पुगेर उक्त कुराको खुलासा गरेकी हुन्। यस फिल्ममा प्रियंका नै मा आनन्द शिला बन्ने छिन्।
उनले भनेकी छिन्, ‘हामी माँ शिलाको विषयमा केन्द्रित रहेर फिल्म बनाउन लागेको छु। जो भारत देखि ओशोको दाहिने हातको रूपमा मानिन्छ। यस विषयमा सोच्दा निकै रोचक लाग्यो र बनाउने सुर कसेको हुँ।’