नायक आर्यन सिग्देल बाबा बन्ने भएका छन् । बिबाह गरेको ४ वर्षपछि उनी बाबा बन्न लागेका हुन् ।
आर्यनले २०७१ वैशाखमा प्रेमिका सपना भण्डारीसँग बिबाह गरेका थिए। आर्यन र सपना करिब ४ बर्ष प्रेम सम्बन्धमा थिए। ४ वर्षको प्रेम पछि उनीहरुले बिबाह गरेका थिए । आर्यनको फ्यान सपना फ्यानपछि प्रेमिका हुँदै श्रीमती बनेको ४ वर्षपछि सन्तानलाई जन्म दिने तयारी गरेकी हुन्। अहिले सपनाको पेटमा ७ महिनाको बच्चा छ ।
नायक आर्यन भने अहिले ‘हजार जुनी सम्म’को छायांकनका लागि सिक्किम पुगेका छन् । यस फिल्मको छायांकन सकेपछि आर्यन पूर्ण रुपमा पत्नी सपनाको हेरचाहमा लाग्नेछन् ।