बलिउडका दुई हस्तीहरु हुन्, सलमान खान र शाहरुख खान। उनीहरुलाई बलिउडको भेट्रन अभिनेताको रुपमा लिइन्छ। यतिमात्र हैन्, उनीहरुलाई एक-अर्काको प्रतिष्पर्धीको रुपमा पनि तुलना गर्ने गरिन्छ।
तर, उनीहरु भने प्रतिष्पर्धी नभएर आफूहरु मिल्ने साथी भएको बताउँदै आएका छन्। पछिल्लो समय शाहरुखको ‘जिरो’मा सलमानले केमियो रोल निर्वाह गरेका थिए। त्यसले पनि उनीहरुको सम्बन्धलाई बताउँछ।
अर्को रोचक कुरा त के छ भने, शाहरुख खानको सफल फिल्म ‘डीडीएलजी’को पहिलो दर्शक सलमान नै थिए । सलमानले प्रोडक्सन भइरहेको ठाँउमा पुगेर फिल्म हेरेका थिए। सलमान शाहरुखको आग्रहमा फिल्म हेर्न प्रोडक्सन भइरहेको ठाउँसम्म पुगेका थिए।