नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन्। भ्यालेनटाइन्स डेको अवसर पारेर उनीहरु बैबाहिक जीवनमा बाँधिएका हुन्।
संजोग र बर्षाले काठमाडौंको एक पार्टी प्यालेसमा पुगेर आफ्नो परिवारजन र आफन्तको उपस्थितीमा बिबाह गरेका हुन्। तर, उनीहरुको बिबाहमा चलचित्रकर्मी र मिडियाकर्मी भने उपस्थित छैनन्।
७ बर्षदेखि प्रेममा रहेर उनीहरुले आफ्नो प्रेमलाई बिबाहमा परिवर्तन गरेका हुन्। अहिले उनीहरुले सामाजिक संजालमा शुभकामना दिनेहरुको जमात गज्जबै छ। उनीहरुले शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गर्ने बताएका छन्।