चैत्र १ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘जानी नजानी’को क्यारेक्टर पोस्टर सार्वजानिक भएको छ। सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यु नायिका निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ।
फिल्म ‘जानी नजानी’मा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन्। लभ स्टोरी यस फिल्म यीनै चार कलाकारको वरपर घुमेको छ।
बसन्त अधिकारी निर्देशित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन्। फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ।
‘रोशनी इन्टरटेन्मेनट’को ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ।
फिल्मलाई नेपालको रमणीय स्थलसँगै भारतको मनालीमा समेत छायांकन गरिएको छ। अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ। संजय लामाले खिचेको फिल्मलाई अर्जुन जिसीको सम्पादन गरेका हुन्।