प्रदीप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा प्रदीप र जसिताको प्रेम देखाइएको छ। फिल्मको प्रदर्शन मिति नजिकिएसंगै फिल्मको पोष्टर सार्वजनिक गरिएको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी दिए।
रिलिज गरिएका पोष्टरमध्ये दुई पोष्टर पिङमा देखाइएको छ। एक पोस्टरमा भने प्रदीप र जसिताको सम्बन्धलाई पनि पिङ मार्फत प्रस्टाइएको छ।
pजसिताको ‘क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा भने उनी पिङमा रमाएकी छिन्। यस्तै, प्रदीपको ‘क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनलाई गीतारको साथ प्रस्तुत गरिएको छ।
पारिवारिक तथा संगीतिक प्रेमकथामा आधारित यस फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय रहेको छ। ‘काफिया फिल्मस्’को व्यानरमा निर्माण भएको यस फिल्ममा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीको लगानी रहेको छ।