प्रदिप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘माया पिरिम’ बोलको गीतमा कृष्ण भरद्वाजको संगीत रहेको छ। लेखु सहयात्रीले लेखेको उक्त गीतमा निशान भट्टराई र मनिशा पोखरेलको स्वर दिएका छन्। गीतका शब्दहरु निकै मिठासपूर्ण छन्।
सार्वजनिक गीतको भिडियोमा भने निश्चल बस्नेत, विपिन कार्की, दयाहाङ राई, करिश्मा मानन्धर, सारा शिर्पाली, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानिया लगायतले नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा कविराज गहतराजको करियोग्राफी रहेको छ।
जेठ ३ गतेबाट रिलिज हुने यस फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन्। फिल्ममा संगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ। शिवराम पौडेलले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन्।