चैत २९ बाट रिलिज हुने सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा लभ, कमेडी, द्वन्द्व जस्ता सम्पूर्ण खुराकहरुलाई स्थान दिइएको छ।
सम्राट शाक्य निर्देशित फिल्ममा सलिनमानसँगै मल्लिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्य लगायतको अभिनय रहेको छ।
निर्देशक शाक्यषकै कथा समावेश फिल्ममा केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ताका रुपमा रहेका छन्। बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेको फिल्ममा सुशील पोखरेलको पनि लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता सर्जुमान लिगल हुन्।