चैत २९ गते प्रतिक्षित दुई फिल्म एकसाथ रिलिज हुँदैछन्। अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ र सलिनमान बनिया स्टारर ‘यात्रा’ले एकसाथ प्रदर्शन आरम्भ गर्दैछन्। यी दुई चलचित्रको रिलिजलाई लिएर ठुलै बहश चलिरहेको छ।
फिल्म क्षेत्रमा मेघा स्टारसम्मको ट्याग पाएका अनमोलसँग राइजिङ स्टार सलिनमानको भिडन्तालाईख स्टारडमको भिडन्ताको रुपमा हेरिएको छ। दुई फिल्ममा कसले बाजी मार्ने हो भन्ने धेरैको जिज्ञासाको विषय बनिरहेको छ।
यस्तैमा, सलिनमान आफू अनमोलसँग हारेपनि डराएर नभाग्ने बोलेका छन्। उनले भनेका छन्, ‘मेरो लडाई नम्बर एकसँगको हो। बरु म हार्छ तर डराएर भाग्दिन।’ नम्बर एकसँग हारेपनि आफूलाई केही फरक नपर्ने उनको भनाई थियो।
सलिनमानले ‘ए मेरो हजुर २’ बाट नेपाली फिल्ममा डेब्यु गरेका थिए। उनै सलिन आफूलाई डेब्यु गराउने निर्देशक झरना थापको निर्देशनमा बनेको ‘ए मेरो हजुर ३’ सँग जुध्दैँछन्।