हाल छायांकनमा रहेको फिल्म ‘सानो मन’को एक गीतको छायांकन सकिएको छ। रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको स्वरमा रहेको ‘रानु कम्मर’ बोलको पार्टी गीतको छायांकन बिहिबार मात्रै सकिएको हो।
बलीउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेको भिडियोमा फिल्मका मूख्य कलाकारद्वय आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन्।
साजन बलीउड सुपरस्टार सलमान खानका ‘पर्सनल डान्स ट्रेनर’ समेत हुन्। बलीउडका प्रख्यात कोरियोग्राफर रेमो डिसुजासँग आठ बर्षसम्म काम गरेका साजनले अहिले भने आफैले कोरियोग्राफी गर्दै आएका छन्। साजनले बलीउडका चर्चित फिल्महरु ‘एबिसिडी’ र ‘एबिसिडी २’मा अभिनय तथा सहायक नृत्य निर्देशन गरेका थिए।
फिल्मका निर्देशक सुयोग गुरुङका अनुसर भिडियोको लगानी निकै उच्च रहेको छ। उनले भने, ‘रानु कम्मर’को भिडियो आर्थीक हिसाबले जति महंगो हुन पुगेको छ त्यो भन्दा बढि क्वालिटीमा समेत देख्न पाईने छ।’
म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने ‘सानो मन’ छायांकनको अन्तिम चरणमा रहेको छ। काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन्।
ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ।