सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदै छ। फिल्मको रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले ‘मकै एप’सँगको सहकार्यमा क्रिज कन्टेस्ट आयोजना गरेको छ। मकै एपसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा एक प्रश्न सोधिएको छ, जसको सहि जवाफ दिने मध्यबाट एक भाग्यशालीले १ लाख नगद पाउनेछन्।
फिल्ममा तस्प्याको भूमिका निर्वाह गरेकी मलिका महतले आफ्नो आँखाको ज्योति कसरी गुमाउछिन् ? यस प्रश्नको जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सन मध्य एकमा टिक लगाउने पर्नेछ। टिक लगाएपछि प्रतियोगीले आफ्नो नाम र नम्बरसँगै इमेल सहितको प्रयोग गरि सबमिट गर्नु पर्नेहुन्छ। यसमा विश्वभरका जो कोहीले पनि सहाभागिता जनाउन पाउनेछन्। सहभागिताको लागि meromakaii.com/yatra यस लिंकमा क्लिक गर्नु पर्ने हुन्छ।
नेपालबाट विनर भए १ लाख नगद र विदेशबाट भए नौ सय युएस डलर प्रदान गरिने प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए। यो प्रतियोगिता आउँदो चैत्र २९ गते विहान ८ बजे बन्द गरिने छ भने आउँदो वैशाख २० गते फेसबुक लाइभ मार्फत विजेता घोषणा गरीनेछ। यस प्रतियोगितामा सहभागी हुनेले उल्लेखित सर्त तथा नियम पढ्नु पनि अति आवश्यक छ। फिल्म तपस्याको भूमिकामा देखिएकी मलिकाको वरपर नै घुमेको छ।
सम्राट शाक्यको निर्देशनमा बनेको यस फिल्ममा सलिनमान बनिया र मालिकासँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, देशभक्त खनाल लगायतको अभिनय रहेको छ। यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ। फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन्। फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्।