आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्मको नाम फाइनल भएको छ। दिपेन्द्र लामाको निर्देशनमा बन्ने यस फिल्मको नाम ‘छ माया छप्पकै’ राखिएको छ।
निर्माण युनिटले यस नामलाई चलचित्र बिकास बोर्डमा दर्ता समेत गरिसकेको छ। चलचित्र विकास बोर्डमा नाम दर्ता भएसँगै निर्माण युनिटले नाम सार्वजनिक गरेको हो।
बैशाखबाट छायांकनमा जाने यस फिल्मका लागि अहिलेसम्म कलाकारको रुपमा दीपकराज गिरी र केदार घिमिरे मात्र पक्का छन्। अन्य कलाकारको छनोट भने हुन बाकीँ नै छ। कमेडी जनरामा निर्माण हुने यस फिल्म आउँदो बर्षको दशैंमा रिलिज हुनेछ।
फिल्ममा रोहित अधिकारीले मात्र लगानी गर्नेछन्। तर, नाफाको ५० प्रतिशत भने दीपकराज गिरी र उनको टिमलाई जानेछ। यस पटक दीपकराजले नाफाको खेलमा काम गरेका छन्।