आगमी शुक्रबार अर्थात चैत २९ गतेबाटरिलिज हुने फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ टिमले धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० हजार सहयोग गरेको छ। फाउण्डेशबाट भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि यात्रा टिमले सहयोग रकम प्रदान गरेको हो।
फिल्मका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमै पुगेर संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन्।
सहयोगपछि सिताराम कट्टेलले फिल्मको सफलताको शुभकामना दिँदै सहयोग प्रति आभार व्यक्त गरेका छन्। त्यस्तै धुर्मुस सुन्तलीको अभियानमा साथ दिन पाउँदा निकै खुसि लागेको प्रस्तुतकर्ता चिकुमार श्रेष्ठले बताए। यसैगरी निर्माता सुशील पोखरेलले अभियानकै सहयोगार्थ हुन् लागेको मातृभूमि कपमा आफ्नो टिम क्रिकेट खेल्न जाने समेत बताए। केहि दिन देखि फिल्मका मुख्य नायक सलिनमान बनिया प्रशिक्षणमा समेत सभागी भइरहेका छन्।
यात्रामा सलिनसँगै मलिका महत, सलोन बस्नेत, रेअर राई, जान्वी बस्नेत, धिरेन शाक्य लगायतको मुख्य भूमिका रहेको छ।