नायक रमित ढुंगानाले दुई अमेरिकी प्रोफेसरलाई सम्मान गरेका छन्। नेपाल घुम्न आएका केर्नल युनिभर्सिटीका दुई प्रोफेसर क्याथरिन मार्च र डेबिड होल्मबर्गलाई रमितले सम्मान गरेका हुन्।
सम्मानित दुई प्रोफेसरले रमित ढुंगानको निर्माणमा तायर भएको फिल्म ‘बुद्ध वर्न इन नेपाल’मा अभिनय पनि गरेका थिए। उनीहरुले नेपाली भाषा पनि राम्रोसँग बुझ्न तथा बोल्न सक्ने क्षमता राख्छन्।
रमितले भने, ‘हाम्रो फिल्ममा अभिनय पनि गर्नुभएको छ उहाँहरुले। अनि नेपाल र नेपालीको लागि केही गरौँ भन्ने मान्यता राख्नुहुन्छ। उहाँहरुलाई सम्मानित गर्न पाउँदा निकै खुसी लागेको छ।’
अहिले रमित ढुंगाना नयाँ फिल्मको तायरीमा जुटेका छन्। निकै मंहगो पारिश्रमिक लिएर उनी ‘राजा साहेब’ बन्दैछन्।