निकै महंगो पारिश्रमिक लिएर नायिका पूजा शर्मा नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। ‘तिमी सँग’ निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ फिल्म ‘पोई पर्यो काले’मा पूजा अनुबन्धित भएकी हुन्। यस फिल्मका लागि पूजाले २० लाख पारिश्रमिक बुझेकी छिन्।
पूजासँगै यस फिल्ममा आकाश श्रेष्ठ पनि फाइनल भएका छन्। उनीहरु दुबैले एकसाथ निर्माण य्निटसँग सम्झौता गरेका हुन्। पूजा र आकाशको यो तेस्रो सहकार्य हो। आकाशले पनि फिल्मको लागि १८ लाख पारिश्रमिक लिएका छन्।
जेठबाट छायांकनमा जाने फिल्मलाई कात्तिकको ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिने बताइएको छ। ‘रेड बर्ड प्रोडक्शन’को ब्यानरमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन्। रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा दिपक मनाङ्गेको लगानी रहने छ।