चैत्र २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’को व्यापारिक रिपोर्ट सार्वजनिक भएको छ। सार्वजनिक ४ दिने व्यापारिक रिपोर्टमा फिल्मको ग्रस कलेक्सन ४ करोड माथी देखिन्छ।
सार्वजनिक कलेक्सनमा फिल्मले पहिलो दिन अर्थात पहिलो शुक्रबार देशभरबाट ७५ लाखको कलेक्सन गरेको उल्लेख छ। दोश्रो दिन १ करोड १४ लाख कमाउदा तेश्रो र चौथो दिन क्रमशः १ करोड ५० लाख र ६२ लाख कलेक्सन गरेको बताइएको छ।

यसो हुदाँ फिल्मको कुल कमाई ४ करोड १ लाख हुन पुग्छ। नयाँ वर्षको अवसर पारेर रिलिज भएको यस फिल्मले नयाँ वर्षको भरपुर फाइदा उठाएको छ। हालसम्म पनि फिल्ममा दर्शकको भिड उस्तै छ। यस फिल्मले वर्षको सुखद सुरुवात गरिदिएको छ।
झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल, रक्षा गौतम, रविन्द्र झा लगायतको मुख्य भूमिका रहेको छ। फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्।







