जेठ ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बीर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सर्वजनिक ट्रेलरमा पल शाह र नाजिर हुसेनको मित्रतालाई देखाइएको छ।
उनिहरु मित्रतामा नयिका वर्षा सिवाकोटी परेकी छिन्। वर्षाका कारण उनीहरुको मित्रतामा खटपट उत्पन्न भएको छ। ट्रेलर हेर्दा बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन्।
मिलन चाम्स निर्देशित फिल्ममा पल, वर्षा, नाजिर, बुद्धिसंगै देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल, मनोज केसी लगायत कलाकारको अभिनय रहेको छ।
मिलन चाम्सले नै निर्मण गरेको फिल्मलाई नवराज उप्रेतीले छायांकन गरेको हुन्। प्रदीप भरद्वाजको कथा तथा पटकथा रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्।