आगमी शुक्रबार अर्थात् बैशाख २० गतेबाट रिलिज हुन लागेको फिल्म ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘एन्टिबायोटिक खाउला’ बोलको गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा मिना निरौलाको स्वर रहेको छ।
कविराज गहतराजको नृत्य निर्देशनमा तयार भिडियोमा नायिका प्रियंका कार्कीको बोल्ड नृत्य देख्न सकिन्छ। भिडियोमा शिवहरी पौड्याल, रविन तमाङ, हरिवंश आचार्यलाई पनि देखाइएको छ।
सुदन केसीको निर्देशनमा तयार फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतको अभिनय रहेको छ। फिल्ममा हरिवंशकै कथा तथा पटकथा रहेको छ। ‘मह संचार’को प्रस्तुतिमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन्।