गत वर्षको फागुन २ गते नायिका बर्षा राउत र नायक संजोग कोइरालाको बिबाह भयो। बिबाहपश्चात वर्षा र संजोग आफ्नो-आफ्नो काममा व्यस्त भए। संजोग व्यापारिक काममा व्यस्त बने भने नायिका बर्षा राउत फिल्म ‘जात्रै जात्रा’को छायांकनमा व्यस्त भइन्।
उनीहरुको व्यस्तताले गर्दा हनिमुन यात्रा जना पाएका थिएनन्। तर, अहिले बिबाह भएको दुई महिनापछि यो जोडी हनिमुनमा निस्किएको छ। करिब ३ हप्ताको समय निकालेर यो जोडी यूरोप पुगेको छ। इटाली र फ्रान्स पुगिसकेको यो जोडी अहिले स्विजरल्याण्डमा पुगेको छ।
करिब ६ बर्ष लामो प्रेम सम्बन्धमा रेहेपछि यो जोडीले बिबाह गरेको थियो।