नायक अनमोल केसी र सुहाना थापाको केमेष्ट्रीलाई फिल्म ‘ए मेरो हजुर ३’ मा निकै रुचाइयो। सफल फिल्म ए मेरो हजुर ३ मा अनमोलसँग जोडी बाधेँर सुहानाले यस क्षेत्रमा डेब्यु गरेकी थिइन्। यो जोडीलाई पुन: पर्दामा हेर्न चाहाने दर्शकका लागि अहिले खुसीको खबर बाहिरिएको छ।
अब ‘ए मेरो हजुर ३’ निर्देशक झरना थापा कै निर्देशनमा बन्ने नयाँ फिल्म भागवत गीतामा पनि यो जोडी देखिने भएको छ। निर्देशक झरना थापाले आफ्नो फेसबुकमा अनमोल र सुहानाको तस्विरलाई पोस्ट गर्दै भागवत र गीताको नाम दिएकी छिन्।
केही समय अगाडि नै निर्देशक झरनाले आफू भागवत गीता निर्माण गर्न लागेको खुलासा गरेकी थिइन्। अब भने उनी यस फिल्मको निर्माणमा लागेकी छिन्। सुनिल कुमार थापाले निर्माण गर्ने यस फिल्मले आगमी नयाँ वर्षलाई रिलिजको तयारी गरेको छ। फिल्म चैतको २८ गते रिलिज हुनेछ।