अहिले फिल्म ‘रातो टिका निधारमा’को धमाधम सुटिङ भइरहेको छ। पुर्वी नेपालमा रहेर निर्माण युनिटले फिल्मको छायांकन गरिरहेको छ। हालै निर्माण युनिटले फिल्मको गीत छायांकनको केही तस्विरहरु सार्वजनिक गरेको छ।
शिर्ष गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’ गीतको छायांकनका लागि फिल्मका सम्पूर्ण कलाकारले रातो टिका लगाएका छन्। रातो टिकामा फिल्मकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु नायक अंकित शर्मा निकै खुलेका छन्।
यस गीतको भिडियोमा बुद्धि तमाङ, नीता ढुंगाना, खुश्वु खड्का, लक्ष्मी गिरी, बसुन्धरा भूषाल, राजाराम पौडेल, शिवहरी पौडेल, अरुणा कार्की लगायत फिचर हुनेछन्।
अशोक शर्माको निर्देशनमा निर्माण भइरहेको यस फिल्मले आगमी दशैँलाई रिलिज मिति पक्का गरेको छ।