जेठ १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘कुम्भ करण’ले प्रचार प्रसारलाई तिब्र पारिरहेको छ। प्रचार प्रसारकै क्रममा आइतबार कुम्भ करण टिमले फुटसल खेलको आयोजना गरेको थियो। प्रचार प्रसारलाई सहयोग हुने हेतुमा यस खेलको आयोजना गरिएको थियो।
खेलमा ४ टिमको सहभागिता रहेको थियो। फिल्म कुम्भ करण टिम, रंग पत्रकार ‘टिम ए’, रंग पत्रकार ‘टिम बि’ र होस्टेल बस्ने विद्याथीको टिम गरेर जम्मा ४ टिम खेलको लागि मैदान उत्रिएको थियो।
खेलमा मिडिया ‘टिम ए’ र ‘कुभ्भ करण’ टिमलाई हराउँदै होस्टेल विद्याथीहरुले प्रथम स्थान हासिल गरे। त्यस्तै ‘कुम्भ करण’ र मिडिया ‘टिम ए’बीच भएको खेलमा मिडिया ‘टिम ए’ले जीत हासिल गरेर दोस्रो स्थान बनायो भने ‘कुम्भ करण’ टिम तेस्रो बन्यो। उता मिडिया ‘टिम बि’ भने दुई खेल हारेर आउट भएको थियो।
कुम्भ करण टिमबाट नायक गौरव पहारी, प्रमोद अग्रहरी, अभय बराल, भोलाराज सापकोटा, वितरक करण क्रेजी लगायत मैदान उत्रिएका थिए । त्यस्तै मिडिया ‘टिम ए’मा भने सुशिल पौडेल, दिप्सन लुइटेल, उद्दव रसाइली, आकाश खड्का, बैकुण्ठराज पराजुली, समिर बलामी लगायत थिए।
दिपक वलीको निर्देशन रहेको फिल्म ‘कुम्भ करण’ सरकारी विद्यालमा शिक्षाक र शिक्षिका बिचको प्रेम सम्बन्धमा आधारित छ। फिल्ममा आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले लगायतको पनि अभिनय रहेको छ। फिल्मको कथा, पटकथा एंव संवाद महेश दवाडीले तयार गरेका हुन्।