नायक विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ छायांकन सकिएको छ। फिल्मले आफ्नो पूर्ण छायांकन ५० दिनमा सकाएको हो।
सुटिङ सुरु हुनु पूर्व देखि नै विवादित बनेको यस फिल्म सुटिङका क्रममा पनि विवादित बन्यो। प्रविधिक कुटेको देखि गाउँपालिकाले १० लाख दिएको सम्म विवाद यस फिल्मले खेप्न पर्यो।
विराजको डेब्यू निर्देशनमा तयार भएको ‘साङ्लो’लाई प्रेम र एक्सनको कथा भनिएको छ। फिल्ममा नायक विराज भट्ट र नायिका निकिता चण्डक मुख्य भूमिकामा छन्।
फिल्मलाई काठमाडौं, डोटी लगायतका स्थानमा खिचिएको फिल्मलाई भदौमा रिलिज गर्ने योजना रहेको यसको निर्माण पक्षको छ।