अहिले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फुर्सदमा छिन्। दुई फिल्मको छायांकन सकिएपछि उनी फुर्सदिलो बनेकी छिन्। फुर्सदलाई सदुपयोग गर्न अहिले साम्राज्ञी आफ्नो प्रेमी देवांश राणासँग इन्डोनेशियाको बालीमा पुगेकी छिन्। त्यहाँ उनले आफ्नो जीवनको ‘क्वालिटी टाइम’ बिताइरहेकी छिन्।
त्यहाँको समुन्द्री किनारमा पुगेर उनले विकिनीमा पोजमा तस्विर खिचाएकी छिन्। उनले विकिनी लगाएको तस्विर उनकै प्रेमी देवांशले खिचेका हुन्।
साम्राज्ञी त्यहाँ निकै हट अवतारमा प्रस्तुत भएकी छिन्। तस्विरमा उनलाई विन्दास मुडमा देख्न सकिन्छ। समुन्द्री झालदेखि विचमा पनि उनले तस्विरको लागि पोज दिएकी छिन्।
साम्राज्ञीले निकै मस्ती गरेर यो समय बिताइरहेकी छिन्। जुन कुरा उनको इन्स्टाग्राममा दिनहु आउने तस्विरहरुबाट थाहा हुन्छ।
साम्राज्ञी अभिनित दुई फिल्म रिलिजको तयारीमा छन्। ‘मारुनी’ र ‘रातो टिका निधारमा’ उनको रिलिजको क्रममा रहेको फिल्म हुन्।