भदौ १३ गतेदेखि रिलिज हुने फिल्म ‘मारूनी’को रोमान्टिक गीत सार्वजनिक भएको छ। शुक्रबार युट्युबमार्फत् सार्वजनिक गरिएको ‘सक्दिन म बाच्न’ बोलको गीतमा सार्वजनिक गरिएको हो।
सुन्दर लोकेशनमा खिचिएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर छन्। निकै आकर्षक पहिरनमा सजिएका उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुरेश वाग्लेको शब्द तथा मेलिना राईको स्वर सुन्न सकिन्छ। विक्रम लामा र एन्जिला खत्रीले भिडियोमा करियोग्राफी गरेका छन्।
पूनम इन्टरटेन्टमेन्टको व्यानरमा पूनम गौतमले निर्माण गरेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन्। फिल्ममा रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ। संजय लामाले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन्।