भदौ १३ मा रिलिज हुने भनिएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले आफ्नो रिलिज मिति पछाडि सारेको छ। प्रविधिक काम नसकिएको भन्दै फिल्मले रिलिज मिति सारेको हो। अब भने यस फिल्म असोजको ३ गते रिलिज हुने पक्का भएको छ।
भदौ १३ गते नेपाली फिल्म ‘मारूनी’ र प्रभास स्टारर साउथ इन्डियन फिल्म ‘साहो’ रिलिज हुदैँ थियो। एकसाथ तीन फिल्म रिलिज हुने भएपछि ‘कबड्डी कबड्डी कबड्डी’ले आफ्नो रिलिज मिति सारेको हुन सक्ने केहीको अनुमान छ।
असोज ३ गते पनि ‘कबड्डी कबड्डी कबड्डी’ एक्लो रिलिज भने हुने छैन्। यसै मितिमा ‘लभ डाइरिज’ नामक फिल्म पनि रिलिज हुदैँछ। यो मितिमा फिल्म ‘छ माया छपक्कै’ले पनि आफ्नो रिलिज टार्गेट बनाइरहेको छ।
रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, कर्मा, उपसना सिंह ठकुरी, विजय बराल, बुद्धि तमाङ लगायतको मुख्य भूमिका रहेको छ।