पूनम इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण भएको फिल्म ‘मारूनी’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा देखाइएको छ। एक पोस्टरमा भने फिल्मका तीन मुख्य कलाकार पुष्प, साम्राज्ञी र रेविका गुरुङ फिचर छन्।
भदौ १३ गतेबाट रिलिज हुन लागेको फिल्मलाई पूनम गौतमले निर्माण गरेकी हुन्। राजा प्रधान, दर्शन केसी, मीना क्षेत्री सह-निर्माता रहेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन्।
यस अघि फिल्मको दुई गीत सार्वजनिक भइसकेको छ। दुबै गीतलाई दर्शकले निकै रुचाएका छन्। दुबै गीतले युट्युबमा १० लाख बढि भ्युज पाइसकेको छ।
निर्देशक नेपाल र गोविन्द फुयाँलको पटकथा रहेको फिल्ममा अर्जुन पोखरेल, दीपक बज्रचार्य, कृष्ण काफ्लेको संगीत रहेको छ। संजय लामाले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरिरहेका छन्। अबको केही दिनमा नै फिल्मको ट्रेलर सार्वजनिक गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ।