हास्यकलाकार धुर्मुस-सुन्तली अर्थत् सिताराम कट्टेल र कुञ्जना घिमिरेले फिल्म निर्माण गर्ने भएका छन्। बुधबार एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। फिल्मको नाम ‘सेन्टी भाइरस’ राखिएको छ।
सामाजिक तथा हास्यप्रधान जनराको निर्माण हुने यस फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन्। सुबिहानी फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा डिन्डु लामाको लगानी रहने छ। फूर्पा लामा फिल्मका सह–निर्माता हुन्।
कुमार कट्टेल र दीपक आचार्यको संयुक्त लेखन रहेको फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहनेछ।
फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहने छ।