अर्जुन कुमारको निर्माणमा तयार हुन लागेको फिल्म ‘चपली हाइट ३’को लागि नायिका पक्का भएकी छिन्। निर्माण पक्षले फिल्मको लागि नायिका स्वस्तिमा खड्कालाई अफर गरेको छ। तर, निर्माण पक्ष र नायिकाबीच लिखित सम्झौता भएको छैन्।
नायिका स्वस्तिमा आफूलाई फिल्मको विषयबस्तु निकै मन परेको बताउँछिन्। उनी चलचित्रलाई लिएर सकरात्मक छिन्। फिल्ममा आफूले निर्वाह गर्नुपर्ने भूमिका फरक भएको उनको भनाई छ। केही समयदेखि स्वस्तिमा फिल्मको स्कृप्ट पढिरहेकी छिन्।
सस्पेन्स थ्रिलर फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन्। फिल्ममा प्रतिक श्रेष्ठ, आमिर गौतम पनि फाइनल भइसकेका छन्। चाडै कार्यक्रम गरी फिल्मको औपचारिक घोषणा गर्ने तयारीमा निर्माण पक्ष रहेको छ।