फिल्म ‘मिस्टर नेपाली’को पहिलो गीत सार्वजनिक भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको नाँचै छम्म छम्म बोलको गीत रिलिज गरिएको हो। सार्वजनिक गीतमा मिलन लामा र रीता केसीको स्वर, सुभाष भुषालको संगीत र देव भुषालको शब्द छ।
यो गीतको भिडियोमा मुख्य कलाकारहरु नायक भुवन केसी, नायिका रीमा विश्वकर्मा, नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, कलाकाहरु रवि डंगोल, बिष्णु सापकोटा, कमलमणी नेपाल लगायतलाई देख्न सकिन्छ। फिल्मको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।
गीत रिलिजसँगै फिल्मको रिलिज मिति पनि पक्का गरिएको छ। फिल्म कात्तिक २९ गते रिलिज हुनेछ।
फिल्म ‘मिस्टर नेपाल’लाई ‘देवचुली फिल्मस्’को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेका हुन्। फिल्मलाई देव भुषालले निर्देशन गरेका हुन्। भुषालकै लेखन तथा पटकथा रहेको फिल्ममा निरज कँडेलको छायांकन छ।