फिल्म ‘लभ डाइरिज’ले आफ्नो रिलिज मितिलाई पछाडि सारेको छ। असोज ३ गते रिलिज हुने भनिएको यस फिल्म अब भने कात्तिकको १५ गते रिलिज हुने भएको छ।
कत्तिकको ३ गते फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने भएपछि यस फिल्मले आफ्नो रिलिज मितिलाई पछाडि सारेको हो।
कात्तिक १६ गते परेको छठ पर्वलाई लक्षित गर्दै फिल्मले आफ्नो रिलिज मिति कात्तिक १५ लाई पक्का गरेको हो। वितरक र निर्माण पक्षको सहमतिमा नै फिल्मले कात्तिक १५ लाई रिलिज मिति पक्का गरेको हो।
सैरभ चौधरी निर्देशित यस फिल्ममा सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका रहेको छ। मधु बास्तोलाको कथा तथा पटकथा रहेको फिल्ममा एशोसिएट निर्देशक शाहिल खान हुन्। विनोद सापकोटाको लगानी रहेको फिल्ममा सरोज तुलाधरको सह–निर्माता बनेका छन्।