फिल्म ‘सेल्फि किंग’को औपचारिक निर्माण घोषणा गरिएको छ। राजधानीमा एक कार्यक्रमका बिच फिल्मको निर्माण घोषणा गरिएको हो।
सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको यस फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्नेछन्। अमेरिकाको लस एन्जलस सिटी कलेजमा फिल्म निर्देशन अध्ययन गरेका बिशालको यो डेव्यु फिल्म हो।
फिल्ममा कलाकार विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतको अभिनय रहने छ। नायिका केकी अधिकारीले फिल्ममा विशेष भुमिकामा अभिनय गर्नेछिन।
कार्यक्रममा बोल्दै निर्देशक सापकोटाले एउटा हाँस्यकलाकारको कथालाई आफूले फिल्ममा उतार्न खोजेको बताए। के यो कुनै हाँस्यकलाकारको बायोपिक हो ? भन्ने प्रश्नमा उनले यो हरेक कलाकारको बायोपिक हुन सक्ने उत्तर फर्काए।
निर्देशक सापकोटाले नै लेख्ने फिल्ममा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ। भाद्र २४ गते मंगलबार बाट छायाँकनमा जाने फिल्मका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन्।