बलिउड आइटम गर्ल सन्नी लियोनी नेपाल आएकी छिन्। बिहिबार साँझ भएको फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएकी हुन्।
निकै बाक्लो उपस्थिती रहेको प्रमियर शोमा उनले आफूलाई नेपाल विश्वकै सुन्दर देश लाग्ने बताएकी छिन्। उनले नेपालबारे भनिन्, ‘नेपाल विश्वकै सुन्दर देश हो। मलाई नेपाल एकदमै मन पर्छ। नेपाल आउन पाउँदा मलाई खुसी लागेको छ।
सन्नीले नेपाली फिल्मको गीतमा नाच्न पाएकोमा निकै खुसी व्यक्त गरिन्। उनले गीतको तरिफ पनि धेरै पटक गरेकी छिन्। सन्नीले फिल्म ‘पासवर्ड’मा समावेश गरिएको ‘सन्नी हो नाम’ बोलको गीतमा आइटम नृत्य गरेकी छिन्।
प्रिमियरमा शोमा सहभागी हुन फिल्मका मुख्य कलाकार विक्रम जोशी, अनुप विक्रम शाही, रविन्द्र झा कुमारी हल पुगेका थिए। फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्।