फिल्म ‘काले दाई’को नयाँ गीत सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक गरिएको हो।
पवनवाङ लामाको संगीत रहेको गीतमा सुरज थापाले स्वर दिएका छन्। गीतको शब्द ईन्द्र रामजाली र गोविन्द श्रेष्ठले लेखेका हुन्।
असोज १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्ममा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतको अभिनय छ।
‘नौधारे फिल्म प्रोडक्सन’ र ‘रामजाली प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ। शिव शर्मा निर्देशित फिल्ममा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ।