
निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
हेमराज बिसीको निर्देशनमा तयार भएको यस फिल्मले कात्तिक ८ गतेलाई रिलिज मिति पक्का गरेको छ। समाजमा भएको घामट व्यक्तित्व र भु-क्षतिका कारण परेको असरलाई फिल्मले उठान गरेको छ।
निर्देशक बिसी र सिमोस सुनुवारले निर्माण गरेको यस फिल्मको कथा पनि निर्देशक बिसीले नै तयार गरेका हुन्। फिल्ममा सुष्मा निरौला, गौरी मल्ल, लोकेन्द्र लेखक, बादल भट्ट लगायतको अभिनय रहेको छ।
नरेन्द्र मैनालीको छायांकन रहेको यस फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्। फिल्ममा काली प्रसाद बास्कोटाको संगीत रहेको छ।