सिताराम कट्टेल (धुर्मुस) र कञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको फिल्म ‘सेन्टी भाईरस’को छायांकन सकिएको छ। छायांकन सुरु भएको करिव ४० दिनमा प्यकअप गरिएको हो।

शुक्रबार सिताराम कट्टेल फेसबुक मार्फत फिल्मको छायांकन सकिएको जानकारी गराएका छन्। सितारामले फिल्मको एक गीतको छायांकन बाकीँ रहेको बताएका छन्। उक्त गीतको छायांकन सकिएपछि रिलिज मिति तय गरिने धुर्मुसले बताएका छन्।
‘सुबिहानी फिल्मस्’को ब्यानरमा निर्माण भएको यस फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेको हुन्। फिल्मको कथा कुमार कट्टेल (जिग्री) र दीपक आचार्य (काकु) ले लेखेका छन्।
फिल्ममा धुर्मुस सुन्तलीसँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतको पनि अभिनय छ।