फिल्म ‘सम्झना–विर्सना’को शुभ मूर्हत गरिएको छ। शुक्रबार फिल्मको औपचारिक घोषणा तथा शुभ-मूर्हत गरिएको हो।

यस फिल्ममा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्नेछन्। यो उनीहरुको चौथो सहकार्य हो। सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्म ‘रामकहानी’बाट यस जोडीको सहकार्य सुरु भएको थियो। उक्त फिल्मपश्चात् उनीहरुले ‘सम्हालिन्छ कहिले मन’ र ‘पोइ पर्यो काले’मा एकसाथ काम गरिसकेका छन्।
लभ स्टोरी जनरामा निर्माण हुने भनिएको फिल्म ‘सम्झना–विर्सना’लाई निमेष प्रधानले निर्देशन गर्नेछन्। दार्जीलिङ, सिक्किम र नेपालमा छायांकन गरिने यस फिल्मलाई शिव ढकालले खिच्नेछन्। फिल्मको छायांकन तिहारपछि सुरु गरिने बताइएको छ।
आदित्य प्रधान र रेविका प्रधानको संयुक्त लगानीमा बन्न लागेको फिल्ममा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नव–नायिका चाँदनी प्रधानको पनि मुख्य भूमिका रहने छ।