अहिले बलिउड नायक सलमान खान ‘बीग बोस’ र फिल्म ‘दबंग ३’को प्रचारमा व्यस्त छन्। यस्तैमा सलमानले आफ्नो नयाँ फिल्मको पनि छायांकन सुरु गरेका छन्। सलमानले शुक्रबारबाट फिल्म ‘राधे’को छायांकन सुरु गरेका छन्।

शुक्रबार शुभसाइत गरेर फिल्मको छायांकन सुरु गरिएको हो। सलमान आफैँले सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै फिल्मको छायांकन सुरु भएको जानकारी दिएका छन्।
प्रभु देवाले निर्देशन गर्ने यस फिल्ममा सलमानसँग नायिका दिशा पटानीले जोडी बाध्नेछिन्। कोरियन फिल्मको रिमेक फिल्ममा रणदिप हुड्डाको पनि मुख्य भूमिका रहनेछ। फिल्मले २०२० को इदमा रिलिज लक्ष्य राखेको छ।