नायक अनमोल केसीले फिल्म ‘धुपौरे’मा काम नगर्ने भएका छन्। निर्माण पक्षसँग भएको असमझरीका कारण उनले फिल्मबाट हात झिकेका हुन्।

सम्तेन भुटियाको निर्देशनमा बन्ने यस फिल्मको लागि अनमोल मुख्य भूमिकामा पक्का भएका थिए। फिल्मको विषयबस्तु मन परेकाले अनमोल यस फिल्मको लागि राजी भएका थिए। यस फिल्मको लागि अनमोलले निकै मेहनत गरिरहेका थिए।
आफूले गर्दै आएको भूमिका भन्दा भिन्न भूमिकामा काम गर्नु पर्ने भएकाले अनमोल निकै सजग थिए। फिल्मको लागि आफ्नो तौल पनि बढाइरहेका थिए। तर, फिल्मको स्कृप्ट र फिल्म छायांकनमा गरिएको हत्तारोले अनमोलले यस फिल्ममा काम नगरेका हुन्।
अब अनमोल आफ्नो होम प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘एन्टि हिरो’को तयारीमा जुट्नेछन्। भुवन केसीको पनि मुख्य भूमिका रहने यस फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ।