प्रदीप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’को मोसन टिजर सार्वजनिक भएको छ। बुधबार युट्युबमार्फत् मोसन टिजर सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा प्रदीपलाई फिचर गरिएको छ। फिल्मको थिमलाई प्रष्टाउने टिजरमा नायक खड्कालाई रिशाह अवतारमा देखाइएको छ। टिजरमा अन्य कलाकार भने अटाउन सकेका छैनन्।
फिल्ममा प्रदीपसँगै क्रिष्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मीलगायतको अभिनय रहने छ।
सफल फिल्म ‘प्रेम गीत’को तेस्रो सिरिज ‘प्रेम गीत ३’लाई सन्तोष सेनले नै निर्माण गर्दैछन्। फिल्म निर्देशनको जिम्मा भने छेतेन गुरुङ र निर्माता सेनको रहेको छ। छेतन र मन्दिप श्रेष्ठ मिलेर लेखेको फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन् भने सम्पादन वनिष शाह र भुपेन्द्र अधिकारीले गर्नेछन्।
फिल्मकै लागि भनेर निर्माण पक्षले भव्य सेट तयार गरेको छ। सेटमा निकै मंहगो लगानी गरेको यस फिल्मको बजेट पनि उच्च छ। फिल्मले २ सय वर्ष पूरानो दरवारको कथालाई प्रस्तुत गर्नेछ।