फिल्मकर्मी गोविन्द शाहीलाई प्रहरी पुन: पक्राउ गरेको छ। बिहिबार फिल्म ‘घामड शेरे’को प्रिमियरका लागि भक्तपुर पुगेका गोविन्दलाई त्यहीँबाट प्रहरी वृत्त कालिमाटीले आफ्नो नियन्त्रणमा लिएको हो।

उनलाई फिल्म ‘लिलीबिली’को कमाई नदिएको आरोपमा प्रकाउ गरिएको हो। लिलिबिली निर्माता सुदिप खड्का र निर्देशक मिलन चाम्सले करिव एक वर्ष अगाडी उजुरी दिएका थिए। सोहि प्रकरणमा अदालतको पक्राउ पुर्जीपछी उनलाई प्रहरीले पक्राउ गरेको हो। उनी बिरुद्ध एक करोड बिगो माग राखिएको छ।
यस भन्दा अघि पनि शाही पक्राउ परेका थिए। भदौ ४ मा पक्राउ परेका उनी २५ दिन थुनामा रहेर बन्दिप्रत्यक्षकरण मुद्धा अन्तर्गत छुटेका थिए। दशैं पछी सरकारी वकिलले अभियोगपत्र दर्ता गरेपछि उनी पुन पक्राउ परेका हुन्।
उनीसंगै उनकी श्रीमती भावना शाही ‘काफिया फिल्मस्’को सहसंचालक भएको कारण अदालतले उनी बिरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको छ।